]
Sobiztrend

Please Wait...

Online Radio Live Hosting

(अनलाइन रेडियोमा कसरि कसरि प्रतक्ष्य प्रसारण गर्ने?)के तपाई आफ्नो अनलाइन रेडियोबाट RJ गर्न चाहनुहुन्छ ! त्यसो भए, तपाइको आफ्नो वेबसाइटबाट Online Hosting गर्न सक्नुहुन्छ ! त्यसको लागि तपाइलाई निम्न लिखित कुराहरुको आबस्यक पर्छ !

  1. एक थान ल्यापटप वा कम्प्युटर साथमा हेडसेट भए धेरै राम्रो,
  2. सायद तपाइको website मा रेडियो पनि बजाउने भनेर Service Provider लाइ त पक्कै भन्नु भाको होला !
  3. अब निम्न लिखित कुरा मैले भनेको अनुसार गर्दै जानुहोस् !
  4. पहिला तपाइको personal कम्प्युटरमा मा winamp भन्ने एप डाउनलोड गर्नुहोस् !
  5. तपाइको operating system windows हो भने यो लिंक बाट

डाउनलोड गर्नुहोस् ! (http://www.filehorse.com/download-winamp/download/)

  1. तपाइको operating system mac (linux) हो भने यो लिंक बाट डाउनलोड गर्नुहोस् ! (http://mac.filehorse.com/download-winamp/download/ )
  2. अब winamp install गर्नुहोस् !
  3. अब winamp को लागि shoutcast DSP plugin install गर्नुहोस् !
  4. डाउनलोड लिंक https://www.shoutcast.com/Winamp यहाँ पाउनु हुन्छ!

अब,

  1.  तपाइको आफ्नो वेबसाइटको cPanel login गर्नुहोस् ! cPanel Login गर्न जान्नु भाको छैन भने मेरो यो भन्दा अगाडी को How to Login in cPanel  र How to upload mp3 on online radio? भन्ने  लेख पढ्नुहोला !
  2. माथिको दुवै लिंक पढ्नु भयो भने, रेडियो set up को बारेमा तपाइले थाहा पाउनु हुन्छ ! अब तपाइले Shoutcast Hosting को Left Sidebar भएको Management Section मा DJ manager ma जानुहोस् र Add a new DJ मा एउटा username र password राख्नु होस् ! र Add गर्नुहोस ! र Shoutcast ले तपाइको username, password, र connection port दिन्छ ! सजिलोको लागि तल देखाइएको screenshot हेर्नुहोस् !

 

3. अब winamp खोल्नुहोस् ! winamp खोलिसकेपछी तपाइले keyboard मा ctrl+p खिच्नुहोस् ! (अथवा winamp को स्क्रिनको माथिको भागमा Options menuको लास्टमा Preferances… देख्नु हुन्छ त्यसमा click गर्नुहोस् !  अनि तपाइले तल देख्नुभएको जस्तो screen देख्नुहुन्छ !

4. तपाइले winamp preferences को leftside मा Plug-ins मा DSP/Effect देख्नुहुन्छ ! देख्नुभएन भनि अघि install  गर्नु भएको DSP/Effect Add गर्नुहोस् !

5. अब माथि देखिएको screen मा SHOUTcast Source DSP मा क्लिक गर्नुहोस् ! अनि तल देखाएको जस्तो स्क्रीन देख्नुहुन्छ !

    6. अब SHOUTcast source DSP को output section मा तपाइको DJ output no., server address, port number, DJ user Id, password राख्नुहोस् ! जुन कुरा दोश्रो स्टेप मा हामीलाई SHOUTcast management भरेका थियौ ! अनि connect गर्नुहोस् !

7. अब mike वाला headset लगाउनुहोस् र प्रोग्राम चलाउन थाल्नुहोस् !

धन्यवाद !

 

Comment

Client Login

Client Portal Login

Email Address:
Password: